अध्यक्ष पछि कार्यवाहकको पनि राजीनामा,निर्वाचन अलपत्र

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । आगामी असोज १२ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित भएपछि उनले पद परित्यागको घोषणा गरेका हुन् ।

बिज्ञापन

महासंघको केन्द्रीय समितिमा आज राजीनामा पत्र बुझाउँदै उनले महासंघलाई कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्तिहरु हाबी भएको बताएका छन् । निर्वाचनलाई अनिश्चित बनाउन उनीहरुले निरन्तर प्रहार गरिरहेको उनको आरोप छ ।

बिज्ञापन

त्यस्तै, उनले क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउन जानुपर्ने गलत अभ्यास महासंघमा हुकिँदै गएको गुनासो पोखेका छन् । पत्रकारितासँग साइनो नभएको करिब साढे चार सय व्यक्तिलाई सदस्यका रुपमा थप्न बाध्य पारिएको पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे चार सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको छ’,पत्रमा भनिएको छ,‘क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भीर भुल भएको स्वीकार गर्नुपर्दछ ।’

बिज्ञापन

त्यस्तै, विष्टले महासंघलाई बचाउन आवश्यक पहल गर्न इमान्दार सदस्यहरुलाई आग्रह गरेका छन् । महासंघका अध्यक्ष विपुल पोखरेलले तेस्रोपटक पनि निर्वाचन गराउन नसकेको भन्दै गत भदौ २४ गते राजीनामा दिएका थिए । त्यसपछि कार्यवाहक अध्यक्ष बनेका विष्टले पनि राजीनामा दिएपछि निर्वाचन अलपत्र परेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बिशेष