अध्यक्ष पछि कार्यवाहकको पनि राजीनामा,निर्वाचन अलपत्र

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । आगामी असोज १२ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित भएपछि उनले पद परित्यागको घोषणा गरेका हुन् ।

बिज्ञापन

महासंघको केन्द्रीय समितिमा आज राजीनामा पत्र बुझाउँदै उनले महासंघलाई कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्तिहरु हाबी भएको बताएका छन् । निर्वाचनलाई अनिश्चित बनाउन उनीहरुले निरन्तर प्रहार गरिरहेको उनको आरोप छ ।

बिज्ञापन

त्यस्तै, उनले क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउन जानुपर्ने गलत अभ्यास महासंघमा हुकिँदै गएको गुनासो पोखेका छन् । पत्रकारितासँग साइनो नभएको करिब साढे चार सय व्यक्तिलाई सदस्यका रुपमा थप्न बाध्य पारिएको पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे चार सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको छ’,पत्रमा भनिएको छ,‘क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भीर भुल भएको स्वीकार गर्नुपर्दछ ।’

बिज्ञापन

त्यस्तै, विष्टले महासंघलाई बचाउन आवश्यक पहल गर्न इमान्दार सदस्यहरुलाई आग्रह गरेका छन् । महासंघका अध्यक्ष विपुल पोखरेलले तेस्रोपटक पनि निर्वाचन गराउन नसकेको भन्दै गत भदौ २४ गते राजीनामा दिएका थिए । त्यसपछि कार्यवाहक अध्यक्ष बनेका विष्टले पनि राजीनामा दिएपछि निर्वाचन अलपत्र परेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

वेपत्ता सहसचिवलाई कस्को संरक्षण ?

न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबीचको विवाद समाधान गर्न मन्त्रालयले बनायो समिति

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य ४ निर्णय

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

श्रमिकको न्यूनतम तलबमान तीस हजार घोषणा गर्न माग

बिशेष