१९ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

अर्थ मन्त्रालयले भन्सार कार्यालय र राजस्व विभागका १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले तीन वटा ठूला भन्सार कार्यालयमध्ये विरगञ्जमा रामप्रसाद पाठकलाई पठाएको छ ।

बिज्ञापन

तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय,  राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय,  राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय,  र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय  पठाइएको छ ।

बिज्ञापन

यस्तै ध्रुवराज विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, नारद गौतमलाई भन्सार जाँच पास परीक्षण कार्यालय, अनन्त प्रसाद तिम्सिनालाई आन्तरिक राजस्व कार्यालय र युक्त प्रसाद सुबेदीलाई कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ ।

आन्तरिक राजस्व कार्यालय, जनकपुरमा आनन्द कुमार गुप्तालाई पठाइएको छ भने दिलीप केसीलाई आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सरुवा गरिएको छ । चुडाराज सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरमा सरुवा भएका छन् ।

बिज्ञापन

कृष्णनगर भन्सार कार्यालयमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालयमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष