कुमारी बैंक र श्री एयरलाइन्स बिच सम्झौता

कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौंता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने गरी उक्त सम्झौंता भएको हो।

बिज्ञापन

सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा÷छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा पाँच सय रुपैंयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

बिज्ञापन

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

८ उपसचिवको सरुवा

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,भ्रमण स्वीकृतिदेखि संसद् अधिवेशन आह्वानसम्म

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

अशोक शेरचनको पक्षमा सर्वाेच्चको आदेश,०८३ माघसम्मै सिइओको कुर्सीमा

सेयर बजार २७ सय नजिक, नेप्से ९.७५ अंकले वृद्धि हुँदा कारोबार घट्यो

‘अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्छ’ : प्रजिअ खरेल

तिवारीको शक्ति : अधिकृतदेखि सहसचिवसम्म ३० बर्ष निरन्तर गृहमन्त्रालयमा

बिशेष