मोहन मैनालीको मुकाम रणमैदानलाई मदन पुरस्कार

२०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो।

बिज्ञापन

पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।

बिज्ञापन

यसैगरी जगदम्बा- २०८० बाट प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा श्री प्रदान गर्ने निर्णय भएको हो ।

दुवै पुस्कारको राशि चार–चार लाख रुपैयाँ तोकिएको छ। गुठीले यसअघि भक्त स्याङतानको डम्फुको आत्मालाप जीवन क्षेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि , मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन कृतिलाई उत्कृष्टको सूचीमा राखेको थियो । तीमध्येबाट मोहन मैनालीको कृति पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष