महालक्ष्मी विकास बैंकले निसान गाडी खरिद गर्दा ९.९९% मै कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागिनिसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

बिज्ञापन

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकको देशभर रहेका १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा भालुको आक्रमण : दुई जना घाइते

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष