दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

 

बिज्ञापन

झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन् ।

बिज्ञापन

आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् ।

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीयलाई त्यहाँबाट धपाएका हुन् ।

बिज्ञापन

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा स्तम्भ १२४ नम्बरको सीमा पिल्लर उत्तरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्ती रहेको छ । त्यसको नजिकै भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार एकसय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुनः सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टले अवरोध गरेका हुन् ।

नेपालका तर्फबाट उग्रनारायण बस्तीका स्थानीय, कचनकवल, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् ।

भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्कीपूर्ण शब्दमा गुल्म प्रमुख बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगजा मात्र हो र दशगजा छाडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताएका छन् ।

प्रतिवादमा विष्टले दशगजा क्षेत्रभित्र कुनै संरचना बनाउन नदिने जिकिर गरेका थिए । त्यसका लागि नेपाल सरकारबाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिएपछि भारतीय पक्ष पछि हटेको थियो ।

विवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको सडक पुरिएको हो । विवादपछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएकोछ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष