दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

 

बिज्ञापन

झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन् ।

बिज्ञापन

आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् ।

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीयलाई त्यहाँबाट धपाएका हुन् ।

बिज्ञापन

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा स्तम्भ १२४ नम्बरको सीमा पिल्लर उत्तरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्ती रहेको छ । त्यसको नजिकै भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार एकसय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुनः सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टले अवरोध गरेका हुन् ।

नेपालका तर्फबाट उग्रनारायण बस्तीका स्थानीय, कचनकवल, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् ।

भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्कीपूर्ण शब्दमा गुल्म प्रमुख बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगजा मात्र हो र दशगजा छाडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताएका छन् ।

प्रतिवादमा विष्टले दशगजा क्षेत्रभित्र कुनै संरचना बनाउन नदिने जिकिर गरेका थिए । त्यसका लागि नेपाल सरकारबाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिएपछि भारतीय पक्ष पछि हटेको थियो ।

विवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको सडक पुरिएको हो । विवादपछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएकोछ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष