वडा अध्यक्षले विगत ५ पाँच वर्षदेखि यौन शोषण गरेपछि…

सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि  यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।

बिज्ञापन

रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले  यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।

बिज्ञापन

उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको छ । घटना बारे सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ । समितिले घटनाको प्रतिवेदन पेश गरेपछि कस्तो किसिमको कारवाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने  प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैठौँ सदस्य रहेका छन् ।

बिज्ञापन

वडा अध्यक्षकै गाउँकी विवाहित एकजना महिलाले आफूसंग बिहे गर्ने प्रलोभन दिएर यौनशोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष