मधेश प्रदेश : स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक प्रमाणीकरण

मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।
हिजो उनले उक्त विद्येयक प्रमाणीकरण गरेकी हुन । विद्येयकमा १५९ वटा दफा रहेका छन् । यस अघि गत साउनमा बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको थियो । स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको थियो ।

बिज्ञापन

विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जनाएका थिए ।

बिज्ञापन

यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराएका थिए । उक्त विद्येयक हिजो प्रदेश प्रमुख भण्डारीले प्रमाणीकरण गरेकी हुन ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष