आँसु पनि हर्षकै

आकाश
यहाँ त!
आकाशै रहेछ
त्यसलाई चुम्न खोज्ने
पहाडहरू पनि
सिढ्नीबाट त!
कता कता पो गएछ?

बिज्ञापन

जग्गा जमिनको
छेलोफेलोमा
यहाँका पहाडहरू
ती टाकुराहरू
हराए झैँ लाग्छ!

बिज्ञापन

चरा चुरुङ्गि पनि
मानिसका टाउकामै
आएर कराए झैँ लाग्छ!
मानिसदेखि नडराउने
तिनीहरू!
मानिससँगै खेल्छन्
कुद्द्छन्!
यताउती गर्छन् !

हृदयहरूका
मिलापमा यहाँ
औधी रमाइलो छ!
रमाइलोकै खेती छ
रमाइलोकै उत्पादन छ
रमाइलोको
खेती गर्ने भाषणमा
नरमाइलोको बिऊ बिजन
यहाँ
कतै देखिंदैन!

बिज्ञापन

त्यसैले
तिनीहरूलाई
रूनु पर्दैन
आँसु झरे पनि
हर्षकै झर्छ!

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष