प्रदेश निजामती सेवा ऐन संशोधन गर्न माग

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई पुनः संशोधन गर्न थारु र रानाथारु समुदायले माग गरेका छन् ।

बिज्ञापन

ऐनमा थारु/रानाथारु समुदायको जनसंख्याको आधारमा समावेशी कोटा १८ प्रतिशत कायम गर्न माग गर्दै दुवै समुदायले ऐन संशोधनको माग गरेका हुन । ऐनमा यो समुदायको समावेशी कोटा १५ प्रतिशत कायम गर्ने उल्लेख छ । तर, दुवै समुदायको मिलाएर जनसंख्याको आधारमा यो कोटा १७.८२ प्रतिशत हुने गरेकाले १८ प्रतिशत कायम गर्नु पर्ने माग गरिएको छ ।

बिज्ञापन

भदौं ४ गते सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट विरोधका बाबजुद सर्वसम्मतले पारित भएको थियो । सदन चल्नु अगाडि थारु र रानाथारु अगुवाले प्रदेश सभाको मूल गेटमा धर्ना दिएका थिए ।
धर्नामा उपस्थित भएर मुख्यमन्त्री कमलबहादुर शाहले संशोधन प्रक्रियामार्फत माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । तर, विरोधका बाबजुद ऐन सर्वसम्मतले पारित भएपछि आज थारु कल्याणकारिणी सभा, थरुहट तारुवान् राष्ट्रिय मोर्चा, नगर भल्मन्सा समिति धनगढी, रानाथारु उत्थान मञ्च, नेपाल रानाथारु समाज, थारु नागरिक समाज, नेपाल आदिवासी जनजाति महासंघ, थारु विद्यार्थी समाजले विरोध जनाउँदै ऐन संशोधन गर्न माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष