आरक्षण कोटामा शुभ लाभ,मधेशमा खट्दा लाग्ला पाप ?

चाहे सरकारी सेवा होस वा त राजनीति । आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना बग्रेल्ती भेट्न पाइन्छ,राजनीति/निजामतीतिर ।
विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म अपांङ्ग कोटाको सुविधा लिन थालेपछि वास्तविक अपाङ्ग मर्कामा पर्न थालेका गुनासो सुनिन्छ । बंगलादेशमा आरक्षण प्रणाली (कोटा)को ‘इस्यु’ उठिरहँदा नेपालमा पनि यो प्रणालीको व्यापक दुरुपयोग भएको भएको पाइन्छ । अहिले पेचिलो रुपमा उठिरहेको प्रश्न हो,एक जना निजामती कर्मचारीले जागिरे जीवनमा कतिपटक आरक्षण कोटा प्रयोग गर्न पाउँछ ? कुनै परिवारका श्रीमान‑श्रीमतीले नै आरक्षण कोटाबाट लाभ लिन पाउने कि नपाउने ? यही स्पष्टता नहुँदा कोही कर्मचारीले आरक्षणका नाममा पटक पटक लाभ उठाउँदै आएका छन् । केही कर्मचारी त शाखा अधिकृत हुँदै सचिवसम्म बनेका छन्,यही आरक्षण कोटामा टेकेर । सरसर्ती हेर्दा वर्गीय, क्षेत्रीय हिसाबले पछाडि परेका र सीमान्तकृत समुदायका लागि भनेर दिइएको आरक्षण प्रणालीमा हुने–खाने र पहुँचवालाको हालीमुहाली रहेको देखिन्छ । दूरदराज तथा मधेसमा पछाडि पारिएकाहरूले अवसर पाउन् भन्ने आरक्षणको परिकल्पना भए पनि शहरिया, धनीमानी र सम्पन्न परिवारकै हात माथि पर्दै आएको देखिन्छ । जस्तो : हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कृष्णहरि पुष्कर र उनको पत्नी आभा कर्णले पटक–पटक मधेशी र जनजातिको कोटामा टेकेर निजामती सेवाका उपल्लो पदमा पुग्न सफल भएका छन् ।
मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका पुष्कर कर्ण आफूलाई कर्ण होइन पुष्करका रूपमा परिचित गराउँदै आएका छन् । लोकसेवा आयोगको अनुसार,उनी कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका हुन अनि ०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव । यसरी मधेसी कोटाबाट उपसचिव, सहसचिव हुँदै सचिव बनेका पुष्कर सचिव भएपछि मधेश प्रदेश टेकेनन् । जुन प्रदेशबाट निजामती वृत्तमा खुट्किला चढ्दै गए त्यही प्रदेशमा गएर सेवा गर्न वा योगदान दिन चाहेनन् । पुष्कर पत्नी आभा सहसचिव हुन,उनले पटक पटक आदिवासी जनजाती कोटाबाटै निजामतीमा भ¥याङ्ग चढ्दै अहिले सहसचिवका रुपमा सिंहदरबारभित्रै कार्यरत छिन् । यसरी मधेसी कोटाबाटै लाभ उठाएका कर्मचारी मधेशमा गएर सेवा गर्न परे आफूलाई कारवाही गरेको ठान्छन् ।

बिज्ञापन

यसरी मधेसी कोटाबाट उनी पछि लाभ उठाइरहने कर्मचारीमा पर्दछन्, रामकुमार महतो हुन । केही समय मधेस प्रदेशकै जिल्लामा प्रमुख जिल्ला अधिकारी समेत चलाएका उनी शाखा अधिकृतबाट एकै पटक जम्प गरेर सहसचिव हुन सफल कर्मचारीमा पर्दछन्,उनी ६ असार ०७७ सहसचिवमा उक्लिएका हुन । भन्सार विभागको उपमहानिर्देशकबाट उनी हालैमात्र सरुवामा परेका उनीझैं मधेसी कोटाबाटै निजामतीमा पटक पटक लाभ उठाउने कर्मचारीका रुपमा सहसचिव वीरेन्द्र यादव,सुरेश राउत,गजेन्द्र ठाकुरहरुको नाम अग्रपक्तिमा आउँछ । यस्तै कौशलकिशोर राय,किशोरकुमार चौधरी,रामचरित्र मेहता लगायतका कर्मचारीहरु मधेसी कोटामा पटक पटक लाभ लिएर निजामतीमा भ¥याङ्ग चढ्ने कर्मचारीहरुमा पर्दछन् तर मधेसी कोटाबाटै लाभ लिएर अधिकृत,उपसचिव,सहसचिव भएका कर्मचारीहरु मधेश प्रदेशमै जिम्मेवारी दिएर खटाउँदा रमाना नलिने,सरुवा उल्टाउने खेलमा लाग्ने गरेको भेटिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष