आरक्षण कोटामा शुभ लाभ,मधेशमा खट्दा लाग्ला पाप ?

चाहे सरकारी सेवा होस वा त राजनीति । आरक्षणको लक्ष्य एकातिर छ, लाभ चाहिँ प्रभावशाली वा अर्वपतिहरुले उठाइरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना बग्रेल्ती भेट्न पाइन्छ,राजनीति/निजामतीतिर ।
विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म अपांङ्ग कोटाको सुविधा लिन थालेपछि वास्तविक अपाङ्ग मर्कामा पर्न थालेका गुनासो सुनिन्छ । बंगलादेशमा आरक्षण प्रणाली (कोटा)को ‘इस्यु’ उठिरहँदा नेपालमा पनि यो प्रणालीको व्यापक दुरुपयोग भएको भएको पाइन्छ । अहिले पेचिलो रुपमा उठिरहेको प्रश्न हो,एक जना निजामती कर्मचारीले जागिरे जीवनमा कतिपटक आरक्षण कोटा प्रयोग गर्न पाउँछ ? कुनै परिवारका श्रीमान‑श्रीमतीले नै आरक्षण कोटाबाट लाभ लिन पाउने कि नपाउने ? यही स्पष्टता नहुँदा कोही कर्मचारीले आरक्षणका नाममा पटक पटक लाभ उठाउँदै आएका छन् । केही कर्मचारी त शाखा अधिकृत हुँदै सचिवसम्म बनेका छन्,यही आरक्षण कोटामा टेकेर । सरसर्ती हेर्दा वर्गीय, क्षेत्रीय हिसाबले पछाडि परेका र सीमान्तकृत समुदायका लागि भनेर दिइएको आरक्षण प्रणालीमा हुने–खाने र पहुँचवालाको हालीमुहाली रहेको देखिन्छ । दूरदराज तथा मधेसमा पछाडि पारिएकाहरूले अवसर पाउन् भन्ने आरक्षणको परिकल्पना भए पनि शहरिया, धनीमानी र सम्पन्न परिवारकै हात माथि पर्दै आएको देखिन्छ । जस्तो : हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कृष्णहरि पुष्कर र उनको पत्नी आभा कर्णले पटक–पटक मधेशी र जनजातिको कोटामा टेकेर निजामती सेवाका उपल्लो पदमा पुग्न सफल भएका छन् ।
मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका पुष्कर कर्ण आफूलाई कर्ण होइन पुष्करका रूपमा परिचित गराउँदै आएका छन् । लोकसेवा आयोगको अनुसार,उनी कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका हुन अनि ०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव । यसरी मधेसी कोटाबाट उपसचिव, सहसचिव हुँदै सचिव बनेका पुष्कर सचिव भएपछि मधेश प्रदेश टेकेनन् । जुन प्रदेशबाट निजामती वृत्तमा खुट्किला चढ्दै गए त्यही प्रदेशमा गएर सेवा गर्न वा योगदान दिन चाहेनन् । पुष्कर पत्नी आभा सहसचिव हुन,उनले पटक पटक आदिवासी जनजाती कोटाबाटै निजामतीमा भ¥याङ्ग चढ्दै अहिले सहसचिवका रुपमा सिंहदरबारभित्रै कार्यरत छिन् । यसरी मधेसी कोटाबाटै लाभ उठाएका कर्मचारी मधेशमा गएर सेवा गर्न परे आफूलाई कारवाही गरेको ठान्छन् ।

बिज्ञापन

यसरी मधेसी कोटाबाट उनी पछि लाभ उठाइरहने कर्मचारीमा पर्दछन्, रामकुमार महतो हुन । केही समय मधेस प्रदेशकै जिल्लामा प्रमुख जिल्ला अधिकारी समेत चलाएका उनी शाखा अधिकृतबाट एकै पटक जम्प गरेर सहसचिव हुन सफल कर्मचारीमा पर्दछन्,उनी ६ असार ०७७ सहसचिवमा उक्लिएका हुन । भन्सार विभागको उपमहानिर्देशकबाट उनी हालैमात्र सरुवामा परेका उनीझैं मधेसी कोटाबाटै निजामतीमा पटक पटक लाभ उठाउने कर्मचारीका रुपमा सहसचिव वीरेन्द्र यादव,सुरेश राउत,गजेन्द्र ठाकुरहरुको नाम अग्रपक्तिमा आउँछ । यस्तै कौशलकिशोर राय,किशोरकुमार चौधरी,रामचरित्र मेहता लगायतका कर्मचारीहरु मधेसी कोटामा पटक पटक लाभ लिएर निजामतीमा भ¥याङ्ग चढ्ने कर्मचारीहरुमा पर्दछन् तर मधेसी कोटाबाटै लाभ लिएर अधिकृत,उपसचिव,सहसचिव भएका कर्मचारीहरु मधेश प्रदेशमै जिम्मेवारी दिएर खटाउँदा रमाना नलिने,सरुवा उल्टाउने खेलमा लाग्ने गरेको भेटिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मिनेन्द्र रिजालको आशीर्वाद:- उद्योगको ट्रेडमार्कमा गौतमको “राज”

ट्रेड युनियनकर्मीहरूद्वारा आन्दोलनको घोषणा, आज संघीय संसदको पश्चिम गेटमा धर्ना

प्रतिनिधि सभामा संघीय निजामती सेवा विद्येयक पेश हुँदै

प्रदेश सभाबाट पारित भयो स्थानीय सेवाको गठनसम्बन्धी विधेयक

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

आदिवासीको विकास र उत्थानमा गम्भीर भएर लाग्न मन्त्री गुप्ताको निर्देशन

यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

बिशेष