१८ प्रतिशत समावेशी सुनिश्चितता,पदपूर्तिको क्लष्टर प्रदेशलाई मान्नुपर्ने माग सहित प्रदर्शन

सुदूरपश्चिम प्रदेश सभाले प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारितसँगै विरोध शुरु भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विद्येयक बहुमतले पारित गरेको हो ।

बिज्ञापन

विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुत उक्त विद्येयक पारित भएको छ ।माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाएका थिए ।उनीहरुका आपत्ति र विरोधका बाबजुत पनि निजामती ऐन बहुमतले पारित भएसँगै विरोध शुरु भएको छ । उक्त विद्येयकका कतिपय प्रावधानका विपक्षमा सुदूरपश्चिम प्रदेशका राना, थारु समुदायले आपत्ति जनाउँदै आएका थिए । सो प्रदेशका थारु कल्याणकारी समाज, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको आरोप लगाउँदै सो विद्येयकका विरोधमा आवाज उठाउँदै सडकमा निस्किएका छन् ।

बिज्ञापन

समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८प्रतिशत थारु राना थारु महिलालाई समावेश नगरेको,नसंख्याको आधारमा पाउनुपर्ने समावेशी प्रतिशत उल्लेख नगरिएको थारु समुदाय धर्नामा उत्रिएको हो । प्रदेश सभामा संशोधनको लागि पेस गरिएको खाकामा १८ प्रतिशत हुनुपर्नेमा १५ प्रतिशत मात्रै उल्लेख गरिएको प्रति विरोध जनाउँदै आफूहरु कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनीहरूले महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु रानाथारु महिलालाई समावेश नगरेको भन्दै असन्तुष्टि पोखेका छन् । २०७९ माघ २४ गते सर्वोच्च अदालतले सरकारी सेवाको भर्नामा थारु समुदायसहितलाई छुट्टै आरक्षण कोटा तोकेर भर्ना खुलाउन फैसला गरेको भए पनि सो बिषयलाई नजरअन्दाज गरिएको उनीहरुको गुनासो छ ।
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा थारुहरुलाई आरक्षणको सुनिश्चितता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नेपाल रानाथारु समाज, थारु कल्याणकारी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु नागरिक समाजले आज धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभाको गेटअगाडि संयुक्त प्रदर्शन गरेका छन् ।

त्यसैगरी महिलाको ३३ प्रतिशत आरक्षणमा थारु–रानाथारु महिलाको १८ प्रतिशत समावेशी सुनिश्चितता गरिनुपर्ने र स्थानीय पालिकालाई पदपूर्तिको क्लस्टर मानिएकोमा प्रदेशलाई क्लस्टर मानिनुपर्ने उनीहरुको माग छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश सभाबाट पारित भयो स्थानीय सेवाको गठनसम्बन्धी विधेयक

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवा आयोगमा पठाउने

आदिवासीको विकास र उत्थानमा गम्भीर भएर लाग्न मन्त्री गुप्ताको निर्देशन

यातायात व्यवसायीसँग वार्ता गर्न बन्यो समिति,संयोजक तोकिए सहसचिव पन्थ

आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

बिशेष