राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमणको कार्यक्रम स्थगित भएको छ । यस अघि सभापति लामिछाने भदौ ७ देखि एक हप्ते चीन भ्रमण गर्न कार्यतालिका सार्वजनिक भएको थियो । लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थिमा अन्तिम समयमा भ्रमण स्थगित भएको हो ।
बिज्ञापन
यस अघि सभापति लामिछाने अगस्ट २३ देखि ३० सम्म चीन भ्रमणमा जाने तयारी अन्तिम समयमा क्यान्सिल भएको हो । भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित हुनुको कारण रास्वपाले खुलाएको छैन ।
बिज्ञापन
उता सांसदहरूको एक टोली बेइजिङ उड्दै छन् । प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी र संघीय संसद्का उपसचिव शारदा भण्डारीसहित यही ८ भदौंमा चीन प्रस्थान गर्ने कार्यक्रम छ।


























