व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

पूर्ववर्ती सरकारलाई समेत माथ खुवाउने गरी मन्त्रीहरू आर्थिक अनियमिततामा मुछिन थालेका छन् । मेडिकल व्यवसायी तथा बिचौलियाको इशारामा चल्दा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अर्काे लफडामा परेकी छन् । यसअघि श्रममन्त्री दीपक साहकी पत्नीलाई नियुक्ति दिँदा विवादमा तानिएकी उनले मेडिकल व्यवसायी तथा बिचौलियाहरूले रोजेका कर्मचारीलाई रोज्जा कार्यालयमै पठाउने काम गरिरहेको तथ्य सार्वजनिक भएको छ । यसमा कुन तहसम्मको आर्थिक बदमासी भएको होला, सो नखुले पनि साउन अन्तिम साता भरतपुरबाट स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा डा. ओम अर्याललाई ल्याउने काम बिचौलिया र मेडिकल व्यवसायीहरूले गरेको च्याट संवाद नै बाहिरिएको छ । मेहताको मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको प्रमुख रहेका डा. मदनकुमार उपाध्यायलाई वीर अस्पतालतिर पठाएर सो स्थानमा भरतपुरबाट डा. ओम अर्याललाई ल्याइएको हो ।

बिज्ञापन

सो सूूचीअनुसार, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुखमा डा. हेमन्त ओझालाई ल्याइएको छ ।ओझा यसअघि विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए । यस्तै मन्त्रालयको सूचना अधिकारी भक्तबहादुर केसीलाई स्वास्थ्य तालिम केन्द्रमा र स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइँदा दया र डा. ओम अर्याललाई बिचौलियाको इच्छाअनुसार चलाएको पाइएको छ । कर्मचारी सरुवा गरिँदा बिचौलियाले चेतन निधि वाग्ले सचिव विकास देवकोटाको मान्छे भएको र उसले धेरै डिष्टर्ब गरेको कारण सरुवा गर्न म्यासेजमार्फत आग्रह गरिएको भोलिपल्टै डा. ओम अर्यालको एफडब्लुडी (परिवार कल्याण महाशाखामा भइसकेको र मदनलाई भोलिबाट आउट गरिएको म्यासेज पठाइन्छ । स्वास्थ्य मन्त्रीको टिमबाट धोकेवाज दयाको लजिष्टिक भएको र भोलि हाजिर हुन्छ भन्ने संवाद भएको छ । यसरी कर्मचारी सरुवामा मन्त्रीका स्वकीय निरज कटुवाल हावी रहेको स्वास्थ्यका कर्मचारी बताउँछन् ।

बिज्ञापन

इटहरी घर भएका कटवाल रास्वपा कोशी प्रदेशका महामन्त्री हुन् । विगतमा मन्त्रीहरूले स्वकीय, चालकहरूमार्फत डिल गर्ने परम्परा घटेको छैन । स्मरण रहोस्, विगतमा विचौलियाका इच्छा अनुसार कर्मचारी चलाउँदा अडियो संवादका कारण तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पद गएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

फेरि शुरु भयो नाम गिजोल्ने काम

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

बिशेष