नेपाल प्रशासन सेवाको सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि वरिष्ठताक्रममा पहिलो नम्बरमा रहेकी इन्दु घिमिरे, दोस्रो नम्बरमा रहेका श्रीकृष्ण नेपाल र तेस्रो नम्बरमा रहेका नारायणप्रसाद भट्टको नाम सिफारिस गरेको हो ।
बिज्ञापन
बढुवाका लागि सिफारिस भएकामध्ये घिमिरे हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक र भट्ट राष्ट्रिय सतर्कता केन्द्रका कार्यरत छन्।
बिज्ञापन
समितिबाट सिफारिस हुने तीन जनामध्ये एक जनालाई सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सचिवमा बढुवा गर्नेछ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























