भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८४ जना नायब सुव्वाहरुको सरुवा गरेको छ । मन्त्रालयले शुक्रवारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो ।
मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा कार्यरत रहेका नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा गरेको जनाएको छ । सरुवाको सूची अनुसार,२६ जना नासुहरुलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाइएको छ भने २० जना गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।
बिज्ञापन
जस अनुसार,कृषिबाट किशोर कुमार गिरी,मर्मा गाउँपालिकाबाट रामकुमार राना,जिप्रका जुम्लाबाट एकराज गिरी,इलाका प्रशासन कञ्चनपुरबाट रामकुमार चौधरी,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत रहेका नारायण प्रसाद शर्मा,संघीय मामिलाबाट हिरालाल भुसाल,कारागार विभागबाट हरिकृष्ण शर्मा,सामान्यको अतिरिक्त समूहबाट लक्ष्मी गैरे भूमि व्यवस्था तथा अभिलेख विभाग अन्र्तगत सरुवा भएका छन् ।


























