अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृतलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले एक वन अधिकृतलाई १५ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले डिभिजन वन कार्यालय उदयपुरको योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेललाई नियन्त्रणमा लिएको हो। सामुदायिक वनको काठ लिलामसम्बन्धी सिफारिस पत्र उपलब्ध गराउन सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन । पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयबाट भदौ ४ गते नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमतिसम्बन्धी सिफारिस पत्र दिने प्रयोजनका लागि पौडेलले घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

प्रस्तावित निजामती ऐनको तरंग : चार महिनामै ३ सचिव,७० सह सचिवसहित ३७६ को राजीनामा

गृहका तीन सहसचिव सरुवाको अन्तर्य : पञ्जीकरणको ठेक्का

बिशेष