दुई सचिवको सरुवा

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुई सचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

सरकारले कोशी प्रदेशको प्रमुख सचिव राजेन्द्र पौडेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । गत ८२ मंसिरमा सचिवमा बढुवा भएका पौडेललाई पूर्ववर्ती सरकारले कोशी प्रदेशको प्रमुख सचिवको रुपमा खटाएको थियो । प्रदेशबाट आठ महिनापछि पौडेललाई सञ्चारमा ल्याइएको हो ।

बिज्ञापन

यस्तै राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । नयाँ ओएनएम अनुसार, राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक समूहको सचिव दरबन्दी कटौतीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको केन्द्रका सचिवलाई प्राविधिक समूहको क्लष्टरमा राखिएकोमा हालै तयार पारिएको ओएनएम अनुसार प्राविधिक सचिवको दरबन्दी कटौती गर्दै प्रशासन समूहको सचिवको दरबन्दी राखिएको हो । केन्द्रको सचिवको दरबन्दी नै कटौतीमा परेसँगै फाजिलमा परेका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा खटाइएको छ । यस अघि सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रशासनतर्फको सचिवको दरबन्दी रहेकोमा सो दरबन्दी कटौती गरी प्राविधिकतर्फको सचिव पद सृजना गरिएको जनाइएको छ ।

पुडासैनी यस अघि खानेपानी मन्त्रालयका सचिव थिए । शहरी,खानेपानी र पूर्वाधार मन्त्रालय मर्ज हुँदा सचिवको दरबन्दी कटौतीमा परेसँगै सतर्कता केन्द्रमा पुगेका पुडासैनी त्यहाँबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

बिशेष