सरकारले केही कार्यालयको दरबन्दी संरचना हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव पदको दरबन्दीको व्यवस्थामा हेरफेर गरेको हो । यस अघि सतर्कता केन्द्रमा प्राविधिक सचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रशासन सेवाका सचिवको दरबन्दी रहेकोमा दरबन्दी संरचना हेरफेर भएको हो ।
बिज्ञापन
नयाँ ओएनएम अनुसार, राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक समूहको सचिव दरबन्दी कटौतीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको केन्द्रका सचिवलाई प्राविधिक समूहको क्लष्टरमा राखिएकोमा हालै तयार पारिएको ओएनएम अनुसार प्राविधिक सचिवको दरबन्दी कटौती गरिएको हो ।विभिन्न १० सचिवको दरबन्दी कटौती हुँदा यस अघि नै शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, विज्ञान तथा प्रबिधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ४ वटा प्राबिधिक समूहको बिशिष्ट श्रेणीको दरबन्दी कटौतीमा परिसकेकोमा राष्ट्रिय सतर्कता केन्द्रको प्राविधिक सचिवको दरबन्दी कटौती गरेर प्रशासन समूहको सचिवको दरबन्दी राखिएको हो ।
बिज्ञापन
केही सहसचिवहरुले आफू सचिव हुने सुनिश्चित गर्न यस्तो चलखेल गरिएको कर्मचारीहरु बताउँछन् । केन्द्रको सचिवको दरबन्दी नै कटौतीमा परेसँगै फाजिलमा परेका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा खटाइएको छ । यस अघि सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रशासनतर्फको सचिवको दरबन्दी रहेकोमा सो दरबन्दी कटौती गरी प्राविधिकतर्फको सचिव पद सृजना गरिएको जनाइएको छ ।


























