टेण्डर विनै संसदहरुले खाना र खाजा खुवाउने जिम्मा सोल्टी होटललाई दिइएको छ । एकातिर प्रधानमन्त्रीको सचिवालयबाट व्युरोक्रेसी पेलानमा परिरहँदा सभामुख डोलप्रसाद अर्यालले समेत प्रतिनिधि सभाका कर्मचारीलाई इन्तु न चिन्तु बनाएको कर्मचारीहरुले गुनासो गरेका छन् ।
बिज्ञापन
उच्च पदस्थहरुको दबाबमा संसद् सचिवालयले संसदको क्यान्टिनको ठेक्का नयाँ कम्पनीलाई ठाडै सुम्पिएका छन् । क्यान्टिन सञ्चालनका निम्ति कर्मचारीलाई दबाब दिएर सोल्टी होटललाई ठेक्का दिइएकोमा कर्मचारीहरुले असन्तृष्टि पोखेका छन् । यस अघि टेण्डर प्रक्रियाबाटै संसदमा क्यान्टिन चलाउने ठेक्का पाएको थियो, पोखरामा होटल रहेको सिएन पाण्डेवाला ल्याण्डमार्क कम्पनीले । नयाँ आर्थिक वर्ष लागेसँगै ठेक्का अवधि सकिएकोमा साउन महिनाभरी ल्याण्डमार्कले नै क्यान्टिन चलाइरहेको थियो । अवधि सकिएको एक महिना बितिसक्दा नयाँ प्रक्रियाका निम्ति आवेदन नखोली विना टेण्डर सोल्टी होटलाई ठेक्का दिइएको हो । यस अघि ‘जिटुजी’ सम्झौताअन्तर्गत तारागाउँले क्यान्टिन सञ्चालन गरेकोमा छोडेपछि अघिल्लो बर्ष टेण्डरमार्फत ल्याण्डमार्क आएको थियो ।
बिज्ञापन
अघिल्लो बर्ष संसद् सचिवालय र संसद् भवनमा क्यान्टिन सञ्चालनका लागिसोल्टी, फाइभ स्पाइसी र ग्लोबल हस्पिटालिटीसहित प्रतिस्पर्धामा रहेकामध्ये टेण्डरमार्फत ल्यान्डमार्क होटलले टेण्डर हात पारेको थियो । गत साउनबाट ठेक्का प्रारम्भ भएकोमा महिना दिनपछि नै भदौं २३ र २४ को विद्रोहमा संसद भवन खरानी बनाइँदा ल्याण्डमार्कको ५० लाखको सम्पत्ति खरानी भएको जनाएको र सोको वीमा समेत नभएको ल्याण्डमार्कका प्रमुख सिएन पाण्डे दुखेसो पोख्छन । असार मसान्तमा सो टेण्डर सकिए पनि संघीय संसद सचिवालयले अर्काे टेण्डर प्रक्रिया अगाडि बढाएन बरु मौखिक रुपमा अर्काे व्यवस्था नभएकोसम्मका क्यान्टिन चलाइदिन आग्रह बमोजिम ल्याण्डमार्कले संसदको क्यान्टिन चलाइरहेको अब सिधै सोल्टीलाई भित्र्याइएको हो ।
यस पटक विना टेण्डर सोल्टी हा्ेटललाई ठेक्का सुम्पिएको छ । महिना दिनसम्म टेण्डर प्रक्रिया अगाडि नबढाइ सोल्टीलाई ठेक्का दिन कर्मचारीहरुलाई दबाब दिइएका कारण कतिपय कर्मचारीहरु फसिने डरले मानिरहेका थिएनन् । संसद सचिवलायले भने टेण्डर प्रक्रियामा जाँदा महिनौं लाग्ने हुँदा सिधै सोल्टीलाई ठेक्का दिएको जनाएको छ ।


























