बरण्डामा हाकिमको बथान

  मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै दर्जनौ सहसचिव, उपसचिवहरु जिम्मेवारविहिन बनाएर राखिएको छ । ओएनएमको नाममा गृह मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म दर्जनौं सहसचिव,उपसचिवहरु अतिरिक्त समूहमा राखिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयमा मात्र पाँच सहसचिव अतिरिक्त समूहमा राखिएको छ । विभिन्न मन्त्रालयबाट गृहमा तानिएका,गृह मातहतकै निकायबाट फिर्ता भएका सहसचिवहरु जिम्मेवारी पाउन सकेका छैनन् । गृह प्रशासनका अनुसार, प्रमुख जिल्ला अधिकारीको भूमिकाबाट गृहमा तानिएका बासुदेव घिमिरे, राष्ट्रिय किताबखानाबाट गृह पुगेका श्रवणकुमार पोखरेल, उपराष्ट्रपति कार्यालयबाट आएका पौडेल चिरञ्जीवी पौडेलका अलवा पुष्पराज शाही र भूपेन्द्र थापा लामो समयदेखि जिम्मेवारीविहिन छन् ।शाही र थापालाई हालैमात्र छानबिन आयोगको जिम्मेवारी दिइएको थियो । यसरी लामो समयदेखि जिम्मेवारी नपाएका सहसचिवहरुको दैनिकी दैनिकी बनेको छ मन्त्रालय जाने हाजिर गर्ने फर्कने । ओएनएमपछि केही उपसचिवहरु समेत फाजिलमा परेर गृहको अतिरिक्त समूहमा थपिँदैछन् ।

बिज्ञापन

गृहमा मात्र होइन, यस्तो भद्रगोल भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत देखिएको छ । जहाँ सहसचिवहरु शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही अतिरिक्त समूहमा रहेका छन् । भदौं १ गतेदेखि लागू हुने गरी विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले राजीनामा दिएका छन् । पछिल्लो समय अवकाशको मुखमा रहेका कर्मचारीहरुलाई जिम्मेवारीविहिन बनाएर राख्ने प्रचलन बढेको छ । यस अघि एकै पटक ६ सचिवहरुलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा थन्काएर राखिएको थियो ।

पछिल्लो समय मन्त्रालयहरुको ओएनएमका नाममा दरबन्दी कटौतीमा परेसँगै फाजिलमा परेका सहसचिव,उपसचिवहरुको भिड नै मन्त्रालयमा लाग्न थालेको छ । यसरी फाजिलमा परेर मन्त्रालयमा तानिएका ती सहसचिव र उपसचिवहरू मन्त्रालयको चौर र बरण्डामा बसेर दिन कटाइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश

बरण्डामा हाकिमको बथान

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको घटनामा प्रमुख आयुक्तले दिए जबाफ

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

बिशेष