कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिएको बताएकी छिन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो बताएकी हुन । उनले अख्तियारको त्रासका कारण सरकारी निर्णय प्रक्रियामा कर्मचारीहरू डराउने अवस्था रहेको र यसले विकास निर्माणमा अवरोध पुर्याएको बताइन् ।
बिज्ञापन
मन्त्री गौतमले भ्रष्टाचार गर्न डराउनुपर्छ तर इमानदार कर्मचारी डराउने अवस्था सिर्जना भयो भने कतिपय अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिएर अनिर्णयको बन्दी हुनुपर्ने रहेछ । कर्मचारीतन्त्रमा कतिपय अवस्थामा डिसिजन प्यारालाइसिस रहेको टिप्पणी गरिन ।
बिज्ञापन
आयोगको अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिइन् ।अख्तियारका कमकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीहरूसँग छलफलमा मन्त्री गौतमले निर्णय प्रक्रियामा रहेको डरका कारण फाइलहरू घुमिरहहने अवस्था हरेको उल्लेख गर्दै उनले अख्तियारलाई कसैले पनि हतियार बनाउनु हुँदैन। चयनात्मक अभियोजन गर्ने रोग लाग्यो भने समस्या हुने टिप्पणी गरिन ।
अख्तियारले त्रास सिर्जना गर्न नहुने र इमानदार कर्मचारी डराउने वातावरण हुनु नहुने र भ्रष्टाचार गर्नेहरू मात्रै डराउनुपर्ने बताइन । उनले अख्तियार संस्था बल त्रास सिर्जना गरेर ‘हामी बलियो छौँ’ भनेर पगरी गुथ्ने संस्था हुन नहुने बताइन् ।


























