जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पछिल्लो समय निजामतीभित्र राजीनामाको लहरै चलेको छ । साउन अन्तिम सातामात्र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा कमलप्रसाद पोखरेलले राजीनामा दिए । तथ्यांक कार्यालयबाट सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रोजेरै लगेका डा पोखरेलले मन्त्रालयमा हाजिर भएको दुई दिन पछि नै राजीनामा दिएर हिडे ।उनी हाजिर भएर काम थालेको दोस्रो दिनमै असहज महसुस गरे । तेस्रो दिन सञ्चो नभएको भन्दै मन्त्रालय नगएका उनले त्यही पछि राजीनामा दिएका थिए । जागिर अवधि झण्डै एक बर्ष रहेका पोखरेलको राजीनामालाई अस्वभाविक मानिएको छ ।

बिज्ञापन

यता भदौं महिना लागे यता ३ सहसचिव र एक उपसचिवले राजीनामा दिएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका ६ सहसचिवमध्ये २ जनाले राजीनामा दिएका थिए । पछिल्लो समय सामान्य प्रशासनको जगेडा अर्थात अतिरिक्त समूहमा राखिएका सहसचिवहरु शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने,कृष्णबहादुर शाही, विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटी रहेकामा सहसचिवद्धय लामिछाने र शिवाकोटीले राजीनामा दिएका हुन । लामिछानेसँग आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग, विमानस्थल भन्सार लगायतका संवेदनशील निकायहरुमा काम गरेको अनुभव छ । उनी यस अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव रहेर काम गरे । झण्डै एक बर्ष लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको उनी उनी लामो समयदेखि जिम्मेवारीविहिन थिए । अबकाशमा जान डेढ महिना अवधि बाँकी रहेका उनले गत भदौं १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा हिजो स्वीकृत भएको हो ।

बिज्ञापन

यस्तै सहसचिव चन्द्रबहादुर शिवाकोटी समेत रहेका छन् । यस अघि वैदेशिक रोजगार विभाग हुँदै वोर्डमा कार्यरत रहेका उनी त्यहाँ रहँदा केही विवादमा समेत मुछिएका थिए । उनलाई वोर्डबाट सामान्यको अतिरिक्त समूहमा तानिएकोमा जागिर अवधि दुई महिना बाँकी छँदै उनले राजीनामा दिएर हिडेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेका सहसचिव लेखनाथ ज्ञवालीले राजीनामा दिएका छन्। सहसचिव ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। लेखनाथ ज्ञवाली जेष्ठताका आधारमा गत माघमा सहसचिवमा बढुवा भएका थिए। सहसचिवमा बढुवा भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काजमा खटाइएका उनले पनि जागिर अवधि दुई महिना बाँकी छँदै राजीनामा दिएका हुन ।

भदौं महिना लागेसँगै उपसचिव अनोज घिमिरेले समेत राजीनामा दिइसकेका छन् । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत उपसचिव अनोज कुमार घिमिरेले नियमित सेवा अवधि एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

एकै दिन ९ वटा संसदीय समितिको बैठक,कुन समितिमा कस्लाई बोलाइयो ?

खारेज भएका कार्यालयहरु व्युँताउन थालियो धमाधम

संघीय निजामती सेवा विद्येयकमा एक राष्ट्रसेवकका १७ सुझाव

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बिशेष