तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

 सरकारले विभिन्न तीन वटा विभागका महानिर्देशकहरु हेरफेर गरेको छ । जसमा दुई वटा विभागमा सहसचिव खटाइएको छ भने एक वटा विभागमा उपसचिवलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । महानिर्देशकको जिम्मेवारी हेरफेर भएका विभागहरुमा जसमध्ये सञ्चार मातहतका दुईवटा र पर्यटन मन्त्रालय मातहतको एक विभाग रहेको छ ।

बिज्ञापन

सूचना तथा सञ्चार मन्त्रालयमा मातहत रहेको मुद्रण विभागको महानिर्देशकमा अनुप नेपाललाई खटाइएको छ । नेपाल उपसचिव हुन, लामो समयदेखि मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखामा कार्यरत रहेका उपसचिव नेपाललाई सूचना तथा प्रसारण विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको हो । यस्तै मन्त्रालयले छविन्द्र पराजुलीलाई मुद्रण विभागको महानिर्देशक बनाएर खटाएको छ । यस अघि मुद्रण विभागको महानिर्देशक रविलाल शर्मालाई भने मन्त्रालयमा लगिएको छ ।
उता झण्डै तीन बर्षदेखि पुरातत्त्व विभागको महानिर्देशक रहेकी सौभाग्य प्रधानांगलाई पर्यटन मन्त्रालयमा लगिएको छ । उनलाई मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने पुरातत्व विभागको महानिर्देशकको जिम्मेवारी डा सुरेश सुरस श्रेष्ठ आएका हुन्। उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको भूमिकामा थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

एकै दिन ९ वटा संसदीय समितिको बैठक,कुन समितिमा कस्लाई बोलाइयो ?

खारेज भएका कार्यालयहरु व्युँताउन थालियो धमाधम

संघीय निजामती सेवा विद्येयकमा एक राष्ट्रसेवकका १७ सुझाव

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार वृद्धि

बिशेष