जलस्रोत तथा सिँचाइ विभागका झण्डै ६५ प्रतिशत सब इन्जिनियरको दरबन्दी कटौती गरिएसँगै उनीहरु आन्दोलनमा उत्रिएका छन् । हालै मात्र विभागले आफ्नो ओएनएम अर्थात संगठन तथा व्यवस्थापन संरचनाअनुसार १६७ बाट १०७ जना सब इन्जिनियरलाई फाजिलमा राखिएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
दरबन्दी कटौतीको बिषयलाई लिएर विगत केही दिन देखि उनीहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्। कर्मचारी कटौती गर्ने निर्णयबारे जानकारी लिन आफूहरूले हेलो सरकारमा समेत गुनासो गरेको आन्दोलनरत सब–इन्जिनियरहरूले बताएका छन् । उक्त गुनासो उपर विभागले मन्त्रालयलाई पत्र लेखेर विभागबाट दरबन्दी कटौती नगरेको भन्दै उनीहरुले असन्तृष्टि जनाएका छन् ।
बिज्ञापन
जलश्रोत तथा सिचाई विभागले लामो रस्साकस्सी ४५३ मौजुदा दरबन्दीमा १५५ दरबन्दी कटौती गरेर ३४० दरबन्दी कायम गर्ने प्रस्ताव अगाडि बढाएको छ । विभागले सिभिल समूह,इरिगेसतर्फ सहसचिव तहको १५ दरबन्दी रहेकोमा ८ दरबन्दी कटौतीमा परेर ७ कायम गरिएको छ । यस्तै,एगृ इीरगेसनतर्फ ३ सहससचिव प्राविधिकतर्फको दरबन्दी रहेकोमा त्यसलाई चलाइएको छैन । यस्तै जियोलोजीतर्फका २ सहसचिवको दरबन्दी यथावत राखिएको छ ।
बिज्ञापन
यस्तै सिनियर डिभिजनल इन्जिनियर (सिडिई),सिभिल समूह,इरिगेसनतर्फ ६० दरबन्दी रहेकोमा ५ कटौती गरेर ५५ मा सीमित राखिएको छ । एगृ इरिगेसनतर्फको १३ दरबन्दी यथावत राखिँदा सिनियर डिभिजनल हाइड्रोलोजिष्ट २ दरबन्दी थप गरी ८ बनाइएको छ । यस्तै मेकानिकल तर्फको १,जियोलोजीतर्फको इन्जिनियरको दरबन्दी यथावत रहेको छ भने विविध सेवाका बरिष्ठ समाजशास्त्री ३ जनाको दरबन्दी रहेकोमा २ मा झारिएको छ ।
प्राप्त विवरण अनुसार,शाखा अधिकृत तहको इरिगेसनतर्फको दरबन्दी १५६ बाट १९ कटौती गरेर १३७ बनाइएको छ भने एगृ इरिगेसनतर्फको २८ दरबन्दी रहेकोमा २ कटौती गरेर २६ कायम गरिएको छ । जनरल इलेक्ट्रिकल २,निर्माण उपकरण सम्भारतर्फको ४ इन्जिनियर र जियोलोजी तथा हाइडेरोलोजीतर्फका दरबन्दी यथावत राखिएको छ । सबैभन्दा धेरै सब इन्जिनियरको दरबन्दी कटौतीमा परेको छ । ती कर्मचारीहरुको धर्ना र विरोधका कार्यक्रमका बीच व्याकडेटमा ओएनएम स्वीकृत गराइ यस अघि १६७ सब इन्जिनियरको दरबन्दी रहेकामा १०७ दरबन्दी कटौती गरेर ६० मा सीमित पारिएसँगै सब इन्जिनियरहरुले आपत्ति जनाउँदै आएका छन् ।




























