नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ ।

बिज्ञापन

करिव २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एशियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ । कुल १ सय १३ किलोमिटर लम्बाईको यस सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो । सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार अनेकौँ चुनौतीका बाबजुद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो । अन्तर–निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रवाह (क्यास फ्लो) व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिलाइ भएको निर्देशक ढकालले जानकारी दिनुभयो ।

बिज्ञापन

निर्देशक ढकालकाअनुसार उहाँले कार्यभार सम्हाल्दा आयोजनाको निर्धारित म्याद सकिएर थप गरिएको एक वर्ष भइसकेको थियो । आयोजनाको शुरुवाती चरणमा कोभिड–१९ को महामारी र रुख कटानको प्रक्रियामा भएको ढिलाइले निर्माण कार्य सुस्त बनेको थियो । निर्माण व्यवसायीले पर्याप्त स्रोत परिचालन गर्न नसक्दा र खर्चअनुसारको शोधभर्ना नहुँदा देखिएको वित्तीय संकट समाधानका लागि सरकारका तर्फबाट कुटनीतिक पहलसमेत गरिएको थियो । चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम २०७५ चैत ८ गतेदेखि शुरु भएको हो । शुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकलाई दुई भागमा बाँडिएको छ । ६५ किलोमिटर लम्बाईको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाईको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।
उहाँले भन्नुभयो, ‘नारायणघाट–बुटवल सडक (११३ किमि) २ लेनबाट ४ लेनमा विस्तार गर्ने आयोजना एडीबीको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण भइरहेको हो ।

आयोजना निर्देशकको रूपमा जिम्मेवारी सम्हाल्दा परियोजनाको निर्धारित समय सकिएको थियो र थपिएको म्याद पनि समाप्त हुन लागेको थियो । त्यसबेला आयोजना पूरा हुने वा नहुने भन्ने गम्भीर अन्योल थियो । त्यसपछि निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरी समस्या पहिचान गरियो । निर्माण सामग्रीको आपूर्ति, विद्युतका पोल सार्ने, रुख कटान अनुमति लगायतका प्रशासनिक र प्राविधिक अवरोध हटाउने काम गरियो । कोभिड–१९ र रुख कटान अनुमतिमा भएको ढिलाइले पनि परियोजना प्रभावित भएको थियो । मुख्य समस्या भने निर्माण व्यवसायी आर्थिक रूपमा घाटामा परेर पर्याप्त नगद प्रवाह (क्यास फ्लो) र स्रोत परिचालन गर्न नसक्नु थियो । त्यसैले नेपाल सरकारको उच्च तह, चिनियाँ राजदुतावास तथा सम्बन्धित पक्षसँग समन्वय गरी निर्माण कम्पनीको मुख्य कार्यालयसम्म विषय पु¥याइयो । यो सडक नेपालका लागि अत्यन्तै महत्वपूर्ण ‘लाइफलाइन’ भएकाले कुनैपनि हालतमा सम्पन्न हुनुपर्ने सन्देश दिइयो । सबै पक्षको संयुक्त पहलपछि निर्माण कम्पनीले आफ्नो मुख्य कार्यालयबाट आवश्यक स्रोत–साधन जुटायो, निर्माण कार्यलाई तिब्रता दियो र अहिले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।’

बिज्ञापन

यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गरिएको छ । आयोजनामा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानतर्फ अघि बढेकाले अहिले आयोजना सफलतातर्फ उन्मुख भएको निर्देशक ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष