काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवार अन्तिम प्रतिस्पर्धामा परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया पूरा गर्दै कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देवको नाम मन्त्रिपरिषद्का लागि सिफारिस गरेको हो।
बिज्ञापन
मन्त्रालयका अनुसार सिफारिस समितिले व्यावसायिक कार्ययोजना प्रस्तुति, अन्तर्वार्ता तथा समग्र मूल्याङ्कनका आधारमा उच्च अंक प्राप्त गरेका उम्मेदवारलाई वर्णानुक्रमअनुसार अन्तिम सूचीमा समावेश गरेको हो। समितिको साउन १७ गते बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ।
बिज्ञापन
कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले गत असार २ गते खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो। ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम सम्पूर्ण छनोट प्रक्रिया सम्पन्न भएपछि तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको हो।
अब सिफारिसमा परेका उम्मेदवारमध्ये मन्त्रिपरिषद्को निर्णयबाट एक जनाले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी पाउनेछन्।
बिज्ञापन































