तलब बढाए पनि घुस खान छाडेनन्

घुस खाने मुखलाई सरकारले छेक्दैन ! वैदेशिक ऋण ल्याएरै सही कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्‍यो बालेन सरकारले । तलब न्यूनतम ४० हजारबाट अधिकतम १ लाखसम्म पुग्यो । तर, अख्तियारले साउन महिना लागेयता मात्र ८ जनालाई रंगेहात घुससहित पक्राउ गरेको छ ।

बिज्ञापन

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रकम घुस लिने वडा सचिव अजयकुार साहदेखि बोरिङ र मोटर जडानको रकम भुक्तानीमा तर मार्ने,देखि जग्गाको बकसपत्र गराइदिने नाममा घुस लिनेसम्म कर्मचारीहरु रंगेहात अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवारमात्र भूमि प्रशासन कार्यालय लगनखेलका तीन जना नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । उनीहरुले जग्गाको बकसपत्र गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिई सेवाग्राहीसँग तीन लाख घुस लिइरहेको अबस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरका अलवा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् ।

साउन महिना लागे यतामात्र झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडा सचिव अजय कुमार साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रकम घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए । यस्तै,भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानीको क्रममा सेवाग्राहीबाट सात लाख पचास हजार रुपैयाँ लिइरहेको अवस्थामा सरकारी क्वार्टरबाटै पक्राउ परेका थिए ।

बिज्ञापन

यता, काठमाडौं महानगरपालिका वडा नं ३० का लेखा अधिकृत उद्वब भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि सेवाग्राहीसँग एक्काइस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा भट्टराईलाई समेत नियन्त्रणमा लिएर अख्तियारको हिरासतमा राखेको छ । यस्तै, आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाँच लाख रुपैयाँ घुसररिसवत लिइसकेका अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ । अर्थात साउनमा कर्मचारीको तलब बढे यताको दुई सातामा आठ जना कर्मचारीहरुलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

तलब बढाए पनि घुस खान छाडेनन्

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

बिशेष