६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले थप ३९ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले सहायकस्तरदेखि उपसचिव तहसम्मका गरी ३९ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,६ जना उपसचिव,४ जना शाखा अधिकृतस्तरका र बाँकी २२ जना नासु तहका,७ जना खरिदार तहका गरी ३९ जना कर्मचारी रहेका छन् ।
जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट अर्जुन निरौलालाई राष्ट्रिय किताबखाना,भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा भुवनेश्वर लामिछानेलाई गृहमा सरुवा गरिएको छ भने जयकला राई पनि सामान्यको अतिरिक्तबाट गृहमै सरुवा भएको छ । यस्तै,गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई मौलापुर नगरपालिकाको प्रप्रअ,भोजपुर नगरपालिकाबाट नाथु साहलाई गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्दा मौलापुर नगरपालिका,रौतहटबाट सुरेशबाबु घिमिरेलाई जिसस दैलेख पुर्याइएको छ ।
यस्तै,सूचना तथा सञ्चारबाट राजकुमार दुलाललाई भूमि मन्त्रालय,जिल्ला प्रशासन रौतहटबाट गुरु प्रसाद ढकाललाई सूचना तथा सञ्चार,भूमि व्यवस्थाबाट इन्जिनियर आशिष चौधरीलाई पूर्वाधार विकास मन्त्रालय र युवा तथा खेलकुदबाट इन्जिनियर रविन बस्नेतलाई पूर्वाधार मन्त्रालयमा पुर्याइएको छ ।
मन्त्रालयले सोही मितिमा २२ जना नायब सुव्वा तहका र ७ जना खरिदार तहका कर्मचारीहरुको समेत सरुवा गरेको छ । सरुवा भएका कर्मचारीहरुमा कम्युटर अपरेटर,सुपरिवेक्षक,सर्भेक्षक,तथ्यांक सहायक रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष