प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।
मुद्दा चलाइएकामा ठाकुरसहित त्यसबेलाका इञ्जिनियर मोहम्मद साह फैसल, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिर छन् ।

बिज्ञापन

बैजु ठाकुरले रौतहटको राजपुर नगरपालिकाको निमित्त हाकिम हुुँदा विद्यालयको भवन निर्माणमा मिलेमतोमा ११ लाख अनियमिमता गरेको आरोपमा उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । वडा नम्बर ५ मा रहेको उक्त विद्यालयमा प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माण गर्दा निजहरूले आपसी मिलेमतोमा ११ लाख १० हजार ११४ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त बिगो जफत गरी प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय गर्न मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष