संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको हो ।

बिज्ञापन

आजको बैठकले संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त १५ पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ । हाल संवैद्यानिक आयोगमध्ये अख्तियार,निर्वाचन आयोग,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,महिला,राष्ट्रिय समावेशी,मुस्लिम लगायतका आयोगमा कतिपयमा अध्यक्ष र केहीमा अध्यक्ष र सदस्य पद रिक्त रहेको छ । बालेन सरकार बनेपछि परिषद्को बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बसेको थियो ।सो बैठकले मनोज कुमार शर्मालाई प्रधानन्यायधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

बिज्ञापन

संवैद्यानिक निकायहरुमध्ये निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगका एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छन्् । यस्तै थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ । यी पदहरुमध्ये केहीमा नियुक्तिका तयारी भइरहेको जनाइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष