अध्यादेशबाट पजनी,दुई महिना पछि उनैलाई नियुक्ति

सरकारले अध्यादेशमार्फत एकै पटक १५ जनाको पदच्यूत गरेको थियो । अहिले तिनै व्यक्तिहरु दोह्राएर पदमा पुगेका छन् । नयाँ सरकारले अध्यादेशबाट ११० वटा कानून संशोधन गर्‍यो, जसबाट करिब साढे १५ सय बढी नियुक्तिहरू एकसाथ खारेज भएका थिए । तीमध्ये कतिपय निकायमा पूर्व सैनिक,विवादित पृष्टभूमिका व्यक्तिहरुले नियुक्ति पाउँदा हिजो भएको केही नियुक्तिमा पार्टी सभापति रवि लामिछानेसँग नजिक रहेका,सँगै एकै टेलिभिजनमा काम गरेका व्यक्तिदेखि यस अघि पजनीमा परेकाहरुले नियुक्ति पाएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुनको निर्वाचनपछि सरकार बन्ने प्रक्रियादेखि नै राजनीतिक भागबन्डा र मिलेमतोका आधारमा राज्यका निकायहरूमा नियुक्ति हुने गरेको भन्दै त्यसको खारेजीको घोषणा गरि करिब १५ सयको संख्यामा रहेका त्यस्ता राजनीतिक नियुक्ति खारेज गर्दा रास्वपा पार्टीसँग नजिक रहेका,पूर्व विवेकशील पार्टीमा रहेका,मेयर नै उठेर पराजित भएका व्यक्तिहरुले लाभको पद पाउन थालेका छन्,धमाधम । यसरी नियुक्तिपत्र पाउनेमध्येका एक हुन देवराज ढुंगाना ।

बिज्ञापन

सरकारको अध्यादेशमार्फत पदमुक्त भएका देवराज ढुंगाना पुनः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन । गत २१ वैशाखमा पदबाट हटेका ढुंगना करिब दुई महिना पछि पुन जिम्मेवारीमा फर्किएका हुन । उनलाई यस अघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मंसिर २७ गते उनलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मोरङ निवासी देवराज ढुंगाना सुरक्षण मुद्रण केन्द्रको नेतृत्वमा आउनुअघि उनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षका रूपमा कार्यरत थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष