लेखा अधिकृतको बढुवा सूची संशोधन,यस्तो छ संशोधित योग्यताक्रम

लेखा अधिकृतहरुको बढुवाको सूची संशोधन गरिएको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा गत बर्ष जेठमा नेपाल प्रशासन सेवा,लेखा समूहका अधिकृतहरुको बढुवाको सूची प्रकाशन गरेको थियो । सो सूचीविरुद्ध तिर्थराज तिर्थराज आचार्य र गोविन्द कोइरालाहरुले दायर गरेको छुट्टा छुट्टै रिट उपर प्रशासकीय अदालतमा सुनुवाईको क्रममा न्यायधीशत्रय अध्यक्ष डा टेक बहादुर घिमिरे,नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठको इजलाशले पुनरावेदन दावी पुग्ने निर्णय गर्दै बढुवा बदर हुने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा लेखा अधिकृतको बढुवाको संशोधित सूची सार्वजनिक गरिएको हो ।
भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको बिहिबार बसेको बैठकको निर्णय अनुसार संशोधित सूची अनुसार,क्रमश त्रिविविक्रम शर्मा,खेमनाथ आचार्य,रमेश भट्टराई,सरिता न्यौपाने पाण्डे,रामकुमार शाह,महादेव पन्त,फणिन्द्र ढुंगेल,गोविन्द प्रकाश भट्टराई,महेन्द्र प्रकाश भुषाल,अमर बहादुर भुजेललहरु बढुवा भएका छन् ।
यस्तै,संशोधित सूची अनुसार,कृष्ण सिंह भण्डारी,हरिप्रसाद ज्ञवाली,ख्याम राज पौडेल,टिकेन्द्र प्रसाद जोशी,पद्य मौनी,उद्धव लामिछाने,राधा पौडेल,देवेन्द्र पौडेल,मानभक्त श्रेष्ठ,खगराज शर्मा,खिमबहादुर अधिकारी,गजाधर सार्कीहरु बढुवा भएका छन् । सूची अनुसार,मधुकर रायमाझी,ज्वालाप्रसाद घिमिरे,गणेश घिमिरे,टेकलाल भुर्तेल,विश्वराज पन्थी,रामबहादुर बोगटी,गोविन्द कोइराला,तिर्थराज आचार्य,दानबहादुर खनाल र खेमराज जोशी गरी ३२ जना कर्मचारीहरु लेखा अधिकृतमा बढुवा हुन सफल भएका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिभिल अस्पताल ध्वस्त बनाउने पूर्व कार्यकारी निर्देशक अब दुई स्वास्थ्य प्रतिष्ठानको उपकुलपति दौडमा

लेखा अधिकृतको बढुवा सूची संशोधन,यस्तो छ संशोधित योग्यताक्रम

मधेशका तीन मन्त्रालय कटौती गर्न उच्चस्तरीय समितिको सिफारिस

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष