नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारले ठोस कदम चालिरहेको बताउनुभएको छ ।

बिज्ञापन

बिहीवार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालयको भर्ना शुल्क र शुल्क निर्धारणका विषयमा मन्त्री पोखरेलले शिक्षा नियमावलीअनुसार हरेक वर्ष भर्ना शुल्क लिन नमिल्ने स्पष्ट पार्नुभयो । माध्यमिक तहसम्मको शिक्षाको नियमन र कारबाही गर्ने अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले सङ्घीय सरकारले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँकाअनुसार मन्त्रालयले काठमाडौं र ललितपुर महानगरपालिकासहित विभिन्न गाउँपालिका र नगरपालिकाका प्रतिनिधिहरूसँग छलफल गरी प्राप्त गुनासोहरू समाधानका लागि स्थानीय तहमा पठाइसकेको छ ।

बिज्ञापन

त्रिभूवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने विषयमा मन्त्री पोखरेलले प्रतिवेदन तयार भइसकेको र जग्गा खाली गराउने सूचना जारी भइसकेको बताउनु भयो । नयाँ उपकुलपतिको नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिँदै उहाँले नियुक्त भएलगत्तै जग्गा फिर्ताको कामलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।

यस्तै, सरकारले खर्च कटौतीको नीति अवलम्बन गरेको सन्दर्भमा मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे स्पष्ट पार्दै उहाँले मन्त्रालयमा नियुक्त पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार रहेको र बाँकी अवैतनिक रहेको दाबी गर्नुभयो । यसबाट राज्यकोषमा उल्लेख्य आर्थिक भार नपर्ने उहाँको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

भिआइपीका पिए निलम्बित

दुई महिनामै पूर्वाधार मन्त्रालयले गर्यो १३ अर्ब रकमान्तर

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

बिशेष