मनसुनमा सडक अवरोध हटाउन विभागको विशेष तयारी, देशभर २७७ हेभी उपकरण तैनाथ

काठमाडौँ । मनसुन सक्रिय भएसँगै सडक अवरोध र प्राकृतिक विपत्तिको जोखिम बढ्ने अवस्थालाई ध्यानमा राख्दै सडक विभागले देशभर विशेष पूर्वतयारी पूरा गरेको जनाएको छ। विभागले यस वर्ष राजमार्गहरूमा हुन सक्ने पहिरो, सडक अवरोध तथा आकस्मिक घटनामा तत्काल प्रतिक्रिया दिने गरी जनशक्ति, प्रविधि र हेभी उपकरण परिचालनको व्यवस्था मिलाएको हो।

बिज्ञापन

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार विभागको जिम्मेवारीमा रहेका करिब १५ हजार किलोमिटर सडक सञ्जालमध्ये झण्डै १० हजार किलोमिटर ‘अल वेदर’ सडकलाई उच्च प्राथमिकतामा राखेर तयारी गरिएको छ। मुख्य राजमार्गमा पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए दिनको समयमा आधा घण्टाभित्र प्राविधिक टोली घटनास्थलमा पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य विभागले लिएको छ।

बिज्ञापन

यस वर्ष विभागले सडक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ। ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर परिचालित २ सय ७७ वटा हेभी उपकरण र तिनका अपरेटरको वास्तविक समय (लाइभ) लोकेसन निगरानी गर्ने व्यवस्था गरिएको महानिर्देशक जैसीले जानकारी दिए। उनका अनुसार कुनै स्थानमा पहिरो वा सडक अवरोधको सूचना प्राप्त हुनेबित्तिकै सबैभन्दा नजिक रहेको उपकरण तत्काल परिचालन गर्न सकिने भएकाले उद्धार तथा सडक खुलाउने कार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

विभागले यान्त्रिक महाशाखा र सम्बन्धित सडक डिभिजन कार्यालयबीच समन्वय गरी जोखिमयुक्त क्षेत्रमा उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको छ। यसबाट विपद्का बेला प्रतिक्रिया दिने समय घट्ने र यातायात सेवा छिटो पुनः सञ्चालन गर्न सहयोग पुग्ने विश्वास विभागको छ।

बिज्ञापन

पहिरोको उच्च जोखिम भएका क्षेत्रहरूमा पनि विभागले पूर्वतयारीलाई तीव्र बनाएको छ। बजेट र स्रोतको सीमितताका कारण सबै जोखिमयुक्त स्थानमा स्थायी समाधान सम्भव नभए पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ तथा कान्ति लोकपथका प्रमुख पहिरो क्षेत्रमा बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ प्रविधिमार्फत ढलान तथा पहिरो नियन्त्रणका काम सम्पन्न गरिएको छ।

झ्याप्ले खोला, महेश खोला र कृष्णभिरजस्ता विगतदेखि समस्या देखिएका पहिरो क्षेत्रलाई धेरै हदसम्म स्थिर बनाइएको विभागको दाबी छ। यस्तै नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला तथा कान्ति लोकपथका केही संवेदनशील स्थानमा पहिरो नियन्त्रणका काम अझै जारी रहेको विभागले जनाएको छ।

मनसुनका बेला यात्रुहरूले मौसम पूर्वानुमान र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्नेमा विभागले जोड दिएको छ। अत्यावश्यक कामबाहेक प्रतिकूल मौसममा यात्रा नगर्न, सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीको निर्देशन पालना गर्न र कुनै पनि विपद् वा सडक अवरोध देखिए विभागको हटलाइन, प्रहरी वा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन विभागले सर्वसाधारणसँग आग्रह गरेको छ।

निर्माणाधीन सडकमा सडक सञ्चालन र अवरोध व्यवस्थापनको जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीलाई दिइएको तथा अन्य सबै सडकमा विभागले चौबीसै घण्टा निगरानी र आवश्यक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

मनसुनमा सडक अवरोध हटाउन विभागको विशेष तयारी, देशभर २७७ हेभी उपकरण तैनाथ

३०–५५ प्रावधान हट्ने संकेत, कानुन र सामान्य प्रशासन मन्त्रालयबीच संघीय निजामती विधेयकमा बढ्यो टसल

कर्मचारीतन्त्रमा संक्रमण काल

रजिस्ट्रार गुरागाईंको ‘करार साम्राज्य’ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण

कर्मचारीले अनलाइन सरुवा आवेदनका लागि पूरा गर्नुपर्दछ यी १३ प्रक्रिया

मुख्य सचिवकै अध्यक्षतामा रहेको निजामती अस्पतालमा अनियमितताको चाङ

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

बिशेष