कर्मचारीले अनलाइन सरुवा आवेदनका लागि पूरा गर्नुपर्दछ यी १३ प्रक्रिया

सरकारले कर्मचारी सरुवामा हुँदै आएको चलखेल रोक्न सरुवा प्रक्रिया अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने प्रणालीको विकास गरेको हो । मन्त्रालयले हाल सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले अनलाइन सरुवा सफ्टवेयर प्रणाली’ विकास गरेको हो । अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्य अनिवार्य रूपमा यसै प्रणालीमार्फत मात्र सञ्चालन गरिने मन्त्रालयको सूचनामा उल्लेख छ । सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा गएर आफ्नो व्यक्तिगत अकाउन्ट सिर्जना गर्नुपर्नेछ । यसपछि सोही प्रणालीमार्फत मात्र सरुवाको निवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अनलाइन प्रणालीबाहेक अन्य माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै पनि कारबाही नगरिने मन्त्रायलयले स्पष्ट पारेको छ । सरुवाको आवेदन र प्रक्रिया पनि अनलाइनबाटै अघि बढाइने बिषयलाई प्रभावकारी पक्षका रुपमा लिएका छन् कर्मचारीहरुले । मन्त्रालयका अधिकारीहरुका अनुसार, यो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा अप्लिकेसनमार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ ।

बिज्ञापन

यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन् । साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइएको छ ।
कसरी गर्ने अनलाइन आवेदन ?
मन्त्रालयले अनलाइन सरुवा निर्देशिका तयार गरेको छ । जस अनुसार,कर्मचारी अनलाइन आवेदनका लागि सबैभन्दा पहिला कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा जानुपर्दछ ।
सो प्रणालीभित्र छिरेपछि कर्मचारी आवेदक खाता अनिवार्य खोल्नुपर्दछ । यस्तै,खाता खोल्नका लागि राष्ट्रिय निजामती किताबखाना अभिलेखमा भए बमोजिम कर्मचारी संकेत नम्बर,मोवाइल नम्बर र जारी मिति ,इमेल,हालको पदमा नियुक्ति मिति र कर्मचारीको नाम लगायतका विवरण इन्ट्री गर्नुपर्ने हुन्छ ।
निर्देशिका अनुसार,यसरी भरिएको विवरण निजामती किताबखानामा भएको विवरण मिल्नुपर्दछ । यी चरणहरु पूरा गरेसँगै कर्मचारी व्यवस्थापन प्रणालीको लगइन पासपोर्ड बनाउनुपर्ने हुन्छ । यस पछि सम्बन्धित कर्मचारीको मोवाइलमा ओटिपी नम्बर प्राप्त हुन्छ ।
त्यस पछि अनलाइन निवेदन पेश गर्ने ठाउँमा प्रवेश गर्न सकिन्छ । अनलाइन सरुवा आवेदन प्रणालीभित्र छिरेपछि कर्मचारीहरुले आफ्नो संकेत नम्बर मोवाइल नम्बर र पासवर्ड राखेर प्रणाली लगइन गर्न सकिन्छ । त्यस पश्चात सरुवा निवेदन बटअनमा पुगिन्छ । सरुवा हुन इच्छुक तीन देखि पाँचवटासम्म प्रथामिकतामा राखेर कार्यालय रोज्नुपर्ने हुन्छ । सरुवाको कारण,सरुवाको निवेदन व्यहोरा,थप कुनै कागजात भए प्रविशष्ट गर्न सकिन्छ ।
विवरण रुजु पछि स्वघोषणा गर्नुपर्ने हुन्छ । कर्मचारी शाखाबाट विवरण रुजु भएपछि सम्बन्धित कर्मचारीको इमेलमा सरुवा निर्णय र सरुवा पत्र प्राप्त हुने गरी प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीतन्त्रमा संक्रमण काल

रजिस्ट्रार गुरागाईंको ‘करार साम्राज्य’ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण

कर्मचारीले अनलाइन सरुवा आवेदनका लागि पूरा गर्नुपर्दछ यी १३ प्रक्रिया

मुख्य सचिवकै अध्यक्षतामा रहेको निजामती अस्पतालमा अनियमितताको चाङ

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

बिशेष