टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जना प्रतिवादीविरुद्धको सुनुवाइ आज विशेष अदालतमा हुँदैछ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो। यसअघि असार ९ गते बहस पूरा हुन नसकेपछि अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको थियो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। थुनछेक बहसका क्रममा अदालतले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

आयोगका अनुसार तत्कालीन मन्त्री बस्नेतले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एकल निर्णयमार्फत टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए। मन्त्रिपरिषद्को अधिकारभित्र पर्ने विषयलाई आफूखुसी प्रयोग गर्दै अन्तर्राष्ट्रिय कल मोनिटरिङ तथा भीओआईपी नियन्त्रणका लागि आवश्यक उपकरण र प्रणाली सञ्चालन गर्ने निर्देशन दिएको आरोपपत्रमा उल्लेख छ। यसरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने सरकारी अधिकारको दुरुपयोग गरिएको अख्तियारको दाबी छ।

बिज्ञापन

यस प्रकरणमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि प्रतिवादी बनाइएको छ।

त्यसैगरी, टेरामक्स खरिदमा संलग्न परामर्शदाता विदेशी कम्पनी भ्यानराइज सोलुसन एसएल तथा त्यसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालिलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। आयोगले भ्यानराइजका प्रमुख कार्यकारी अधिकृत जमाल अनौटी, कलेक्सन ट्रेड लिंकका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलबीचको मिलेमतोमा खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाएको छ।

आजको सुनुवाइबाट मुद्दाको थप कानुनी प्रक्रिया कुन दिशातर्फ अघि बढ्छ भन्नेमा विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

बिशेष