कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

विराटनगर । राष्ट्रिय किताबखानाले कोशी प्रदेश सरकारलाई स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली (प्रोभिन्सियल पीआईएस पोर्टल) मा पहुँच उपलब्ध गराएको छ। यससँगै यसअघि सञ्चालनमा रहेको प्रादेशिक कर्मचारी सूचना प्रणालीमा थप नयाँ सुविधा र मोड्युल समावेश गरिएको छ।

बिज्ञापन

बिराटनगरमा आयोजित एक समारोहबीच राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले कोशी प्रदेश सरकारका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई स्तरोन्नत प्रणाली औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।महानिर्देशक पोखरेलका अनुसार नयाँ मोड्युलमार्फत मुख्य रूपमा तीन महत्वपूर्ण क्षेत्रमा सुधार गरिएको छ।

बिज्ञापन

पहिलो, सम्पत्ति विवरण व्यवस्थापन प्रणाली अन्तर्गत अब प्रदेश सरकार मातहतका कर्मचारीहरूले प्रत्येक वर्ष बुझाउने सम्पत्ति विवरणलाई डिजिटल माध्यमबाट छिटो, व्यवस्थित र प्रभावकारी रूपमा अभिलेखीकरण तथा व्यवस्थापन गर्न सकिनेछ। यसअघि यस्तो विवरण हातैले व्यवस्थापन गरिँदै आएको थियो।

दोस्रो, प्रादेशिक अभिलेख व्यवस्थापन प्रणाली मार्फत शिटरोललगायत कर्मचारीसँग सम्बन्धित सम्पूर्ण कागजातलाई व्यवस्थित रूपमा वर्गीकरण, खोजी तथा अभिलेखीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यसबाट कर्मचारी अभिलेख व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

तेस्रो, पुष्टिकरण सन्देश सेवा अन्तर्गत कर्मचारीले आफ्नो शिटरोल दर्ता, संकेत नम्बर जारी भएको तथा सम्पत्ति विवरण दर्ता भएको जानकारी आफ्नै मोबाइल फोनमा सन्देशमार्फत प्राप्त गर्नेछन्। यसअघि यस्तो सुविधा उपलब्ध थिएन।

महानिर्देशक पोखरेलले नयाँ मोड्युलको कार्यान्वयनसँगै कोशी प्रदेश सरकार मातहत कार्यरत करिब दुई हजार पाँच सय कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय किताबखानाले कर्मचारी सूचना प्रणालीलाई थप आधुनिक, पारदर्शी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रदेश सरकारहरूसँग सहकार्य गर्दै यस्ता डिजिटल सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष