कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको आयोजनामा काठमाडौं महानगरपालिका–१ स्थित कमलपोखरीमा शुक्रबार विपद् व्यवस्थापनसँग सम्बन्धित बाहिनी अभ्यास सम्पन्न भएको छ।

बिज्ञापन

बिहान ९:२५ बजेदेखि सञ्चालन भएको अभ्यास जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीको प्रमुख आतिथ्य तथा नं. ९ पशुपतिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
अभ्यासमा नेपाल प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरे, दंगा नियन्त्रण रेजिमेन्टका सहायक कमाण्डर सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईं, नं. २० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी., नं. १८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रामकृष्ण महर्जन, नेपाली सेनाको नरसिंह दल गणका प्रतिनिधि, नं. ९ बाहिनीका प्रतिनिधि, हामी नेपालका प्रतिनिधि, सञ्चारकर्मी तथा जिल्ला समन्वय समितिको आयोजना र नं. २० गणको सहकार्यमा सञ्चालित दुई दिने विपद् पूर्वतयारी, उद्धार तथा व्यवस्थापन तालिमका प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

बिज्ञापन

बाहिनी अभ्यासका क्रममा नं. २० गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जनको कमाण्डमा ३९ जना तथा नं. २२ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खतिवडाको कमाण्डमा ९ जना गरी विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। विभिन्न निकायका प्रतिनिधि, प्रशिक्षार्थी तथा सुरक्षाकर्मीसहित करिब ९५ देखि १०० जनाको सहभागितामा अभ्यास सञ्चालन गरिएको थियो।

अभ्यासमा बाढी, डुबान, भूकम्पलगायत विपद्का अवस्थामा खोज तथा उद्धार, घाइतेको सुरक्षित उद्धार, प्राथमिक उपचार, समन्वय तथा आपत्कालीन प्रतिकार्यका नमुना अभ्यास प्रदर्शन गरिएको थियो। यस्ता अभ्यासले विपद्का समयमा सुरक्षाकर्मीबीच समन्वय, शीघ्र परिचालन क्षमता र उद्धार दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

बिज्ञापन

एक घण्टा सञ्चालन भएको उक्त बाहिनी अभ्यास बिहान १०:२५ बजे सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बिशेष