रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाअधिवेशनमा मन्त्री नै केन्द्रीय सदस्यमा पराजित भएका छन् । चितवनमा जारी महाधिवेशनमा सत्ताधारी दलका ८ जना मन्त्रीहरु केन्द्रीय समितिमा निर्वाचित हुँदा श्रममन्त्री रामजी यादवले भने पराजय व्यहोरे ।
रास्वपाको चितवनमा भएको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्य चुनिएका हुन्। जसमा ४९ जना महिला विजयी भए । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले २ हजार ६५६ मत पाएका हुन्। वाग्लेपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले बढी मत पाएका छन्। जसमध्ये कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्य मन्त्रीहरुमा बिराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

बिज्ञापन

रास्वपाको संशोधित विधानमा केन्द्रीय सदस्य १५८ सदस्यीय बनाइएको छ । जसमध्ये पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित हुँदा श्रम मन्त्री रामजी यादव भने चुनावी प्रतिस्पर्धामा पछि परेका छन् । खुल्ला केन्द्रीय सदस्यमा उठेका उनले ८६९ मत ल्याएका थिए । केन्द्रीय सदस्यको दौडमा रहेका सबै मन्त्रीले १५ सय मत कटाए पनि यादवलाई उल्लेख्य भोट आएन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

बिशेष