गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको घटना सेलाउन नपाउँदै अर्काे एक होटलमा समेत यस्तै लापरवाही भएको घटना सार्वजनिक भएको छ । केही दिन अगाडिमात्र भरतपुर विमानस्थल अगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्रीले ब्रेकफास्ट गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो । होटलको यो लापरबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) विपरीतको कसुर ठहरिएको छ । तत्कालै सो होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

बिज्ञापन

सोही प्रकरण साम्य नहुँदै बर्दघाट २ चिसापानीमा रहेको रोयल कटेजमा समेत खानामा शंखेकिरा भेटिएको छ । सहायक सीडीओ पोषणराज भण्डारीले खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएको पाइएपछि उक्त कटेजलाई ५० हजार जरिवाना गरिएको छ । बर्दघाट नगरपालिकाका वडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सिडिओ नेतृत्वको टोली उक्त होटलमा खाना खान पुगेको थियो ।

बिज्ञापन

होटलले खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीद्वारा ५० हजार जरिवाना गरिएको जनाइएको छ । यो मात्रै होइन मन्त्री नै सहभागी रहेको एक कार्याक्रममा समेत साङ्ला भेटिएको थियो । त्रिपुरेश्वरस्थित चर्चित ‘बागमती स्वीट्स प्रालिले खुवाएको मिठाईमा साङला भेटिएको थियो ।

यी तीनवटा घटनाहरुले के प्रश्न जन्माएको छ भने भीआईपीहरुकै खानामा अखाद्य वस्तु फेला पर्छ भने सर्वसाधारणको हालत के होला ? तिनले कहाँ गएर गुनासो गर्ने ? उनीहरुले गरेको गुनासो सुनुवाई होला वा नहोला ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष