मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा बुधबार जनकपुरस्थित मधेश भवन परिसरमै तोडफोड भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बुधबार बिहान करिब ११ बजे मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गर्दै गाडीमा जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेका थिए ।

बिज्ञापन

प्रहरीका अनुसार स्कारपिओ गाडीमा आएका ती व्यक्ति घटनास्थल वरपर केहीबेर घुमफिर गरेपछि मन्त्रीको गाडीमा पुगेका थिए। सिसीटिभी फुटेजमा उनी गाडीको वरिपरि निरीक्षण गर्दै राष्ट्रिय झण्डा भाँच्ने र त्यसपछि मोबाइलमा कुरा गर्दै मन्त्रालय परिसरभित्र प्रवेश गरेको देखिएको छ। उनी करिब चारदेखि पाँच मिनेटसम्म परिसरभित्र बसेपछि बाहिरिएका थिए।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानका आधारमा ती व्यक्तिको गतिविधि योजनाबद्ध देखिएको र मन्त्रीमाथि कुनै आक्रमण गर्ने उद्देश्य पनि हुन सक्ने आशंका प्रहरीले गरेको छ। त्यसैले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष