सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

प्रधानमन्त्री बालेन शाह निकटका भुपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङले केन्द्रीय सदस्यमा उमेदवारी नदिएको पाइएको छ । रास्वपा निर्वाचन आयोगले केन्द्रीय सदस्यका निम्ति ३८४ उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा सो प्रारम्भिक सूचीमा प्रधानमन्त्री बालेन निकटका मन्त्रीद्धय सुधन र सुनिलका अलवा भुपदेव शाहले उमेद्धारी दिएका छैनन् ।
रास्वपाले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूचीमा केन्द्रीय सदस्यका उम्मेदवारीको सूचीमा ३ सय ८४ जनाको नाम रहेको छ ।

बिज्ञापन

सो सूचीमा प्रमुख राजनीतिक सल्लाहकार असिम साह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले उम्मेदवारी दर्ता गरेका छन् । राजनीतिक सल्लाहकार साहले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट उम्मेदवारी दिएका छन् । उनी रास्वपाका पूर्वसमानुपातिक सांसद पनि हुन् । सुदीपले खुला क्लष्टरबाट र हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वकीय उपसचिवका रूपमा कार्यरत प्रकृतिले पनि खुलाबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

बिज्ञापन

रास्वपाको ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि आज निर्वाचन हुँदैछ । पार्टी महधिवेशनअन्तर्गत पहिलो चरणको मतदान राति साढे ८ बजेबाट सुरु हुने भएको
केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष