नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

दुई तिहाइ सुविधाजनक बहुमत प्राप्त सरकारलाई काम देखाउने हुटहुटी हो वा नयाँ जोगी बढी खरानी ! नयाँ सरकार गठन भएको तीन महिना अर्थात ‘मधुमास’ अवधि पूरा हुँदैछ । यो अवधिमा केपी शर्मा ओली,रमेश लेखक,दीपक खड्कादेखि छविलाल रिजालसम्मलाई नियन्त्रणमा लिइयो । केहीलाई प्रहरी हिरासतमा राखियो । यस्तै व्यवसायीहरु ज्योती पाण्डेदेखि शेखर गोल्छा,सुलभ अग्रवाल,विचौलिया दीपक भट्टसम्म प्रहरीको नियन्त्रणमा पुगे । तीमध्ये केही बाहेक अधिकांश छुटिसकेका छन् । सोमबारमात्र पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परे । १४ चैतको मिरमिरेमै केपी ओली र रमेश लेखकलाई सरकारले नियन्त्रणमा लिएको सरकारले १४ चैत पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप थियो । यस्का अलवा उनीहरु सँग सँगै पक्राउ परेकी विमला ओली पनि केही समय पछि छुटिसकेकी छिन् । यस्तै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई भने एक दिन मात्रै नियन्त्रणमा लिएको थियो । कर्मचारीहरु पेन डाउनमा उत्रिने स्थिति आएसँगै रिजाल दिँउसै छुटे । गोकर्णमणि दुवाडीलाई समाउने योजना पनि टुट्यो । पक्राउ परेकामध्येर ओली र लेखकलाई भने नियन्त्रणमा लिएर मुद्दा दायर गर्न अदालतसम्म पुगेको थियो । उनीहरूलाई अदालतले धरौटीमा छोडेको छ ।
यस्तै १९ चैत २०८२ मा विचौलिया दिपक भट्टलाई नियन्त्रणमा लिएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट मात्र होइन, उनका साझेदार सुलभ अग्रवाल पनि पक्राउ परे । यसरी पक्राउ परेकामध्ये अहिले सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि जेल चलान भएका छन् । शेयर कारोबारमा उनीहरूबीच भएको लफडाका कारण शेखर गोल्छा तानिए । १२ दिनपछि २२ वैशाख २०८३ मा गोल्छालाई काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अनुमति नदिएपछि छुटिसकेका छन् । २२ वैशाख २०८३ मा सर्वेश जोशी पक्राउ परे । यो प्रकरणमा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई पनि नियन्त्रणमा लिएको थियो । तर, उनलाई भने लगत्तै अदालतले छोड्न आदेश दिएको थियो ।
यता पछिल्लो समयमा अख्तियारले राहदानी छपाइका क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा मुद्धा कमजोर बनाएर अख्तियार लगिएको भन्दछन्,कर्मचारीहरु नै । प्रधानमन्त्री वालेन्द्र शाह र उनका सल्लाहकारहरूको दबाबमा एक साताभित्रै अनुसन्धान सकाएर अख्तियारले मुद्धा विशेषमा त पुर्‍याएको छ तर बिगोको कानुनी धरातलमाथि गम्भीर प्रश्न उठेको छ । जुन कम्पनीले राज्यकोषबाट १८ करोड भुक्तानी लगेको छ तर मुद्धा चलाइएको छ १० अर्बको । राज्य कोषबाट एक कम्पनीलाई अग्रिम रकम १८ करोड भुक्तानी भएको अबस्थामा अख्तियारले मागदावी राखेको १० अर्ब बिगो राख्नु भनेको मुद्धा कमजोर बनाएर अदालतमा पुर्‍याइएको रुपमा कर्मचारीहरुले अर्थाएका छन् । उता सोही मुद्धामा तत्कालीन मन्त्रीहरु नारायणकाजी श्रेष्ठ र आरजु राणालाई उन्मुक्ति दिइएको पाइएको छ । उता सोमबारमात्र उसैगरी वालुवाटारको जग्गा प्रकरण र दीपक भट्टसँगको कनेक्सन भन्दै पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको छ । सो मुद्धा समेत दीपक खड्काको झैं हुन्छ वा प्रमाणीत हुन्छ,त्यो केही समय कुर्नुपर्नेछ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष