निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहमा निमित्त अन्त्य गरेको घोषणा गरेको भए पनि वास्तविकता भने फरक रहेको पाइएको छ । स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गरेको घोषणा गर्दै मन्त्री रावलले देशभरीका गाउँपालिका र नगरपालिकामा पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत पठाएको दावी गरेको भए पनि अझैं १४ नगरपालिका र ४ वटा गाउँपालिका निमित्तकै भरमा चलिरहेका छन् । उपसचिवको दरबन्दी रहेका १४ र शाखा अधिकृतको दरबन्दी रहेका ४ वटा गाउँपालिका निमित्तले प्रमुख प्रशासकीय अधिकृत चलाइरहेका छन्। स्थानीय तहमा निमित्तहरूलाई सिनित्त बनाउने मन्त्रीको घोषणा पूर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन । कतै शिक्षा,कतै स्वास्थ्य त कतै स्थानीय सेवाकै कर्मचारीहरु निमित्तको भूमिकामा छन् ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुसार उपसचिवको दरबन्दी रहेका १४ वटा पालिकाहरु शाखा अधिकृत तहका कर्मचारीले निमित्त चलाइरहेका छन् । यस्का केही उदाहरण धनकुटाको पाख्रीबास, सप्तरीको सुरुङ्गा र हनुमाननगर कंकालिनी, महोत्तरीको भङ्गाहा, बलवा, धनुषाको मिथिला, रौतहटको ईशनाथ, देवाही गोनाही, वृन्दावन र बौधीमाई तथा डडेल्धुराको अमरगढी नगरपालिका हुन । यस्का अलवा ऐन विपरित धनुषाको सबैला नगरपालिकामा र बाजुराको बुढीगंगा नगरपालिकामा शिक्षा सेवाका उपसचिवहरूलाई निमित्तको जिम्मेवारी दिइएको छ । जबकी प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाका कर्मचारीलाई खटाउने प्रचलन छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाकै कर्मचारी राख्नुपर्छ र कुनै कर्मचारीलाई लामो समयसम्म निमित्त प्रमुख प्रशाकीय अधिकृतको रूपमा खटाउनु नहुने भनिए पनि संघीय मामिला तथा सामान्य प्रशासनको स्थानीय कर्मचारी प्रशासन हेर्ने फाँट कमजोर हुँदा ती स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकिएको हो । उता बाराको पचरौता नगरपालिकामा स्थानीय तहकै कर्मचारीलाई निमित्त तोकिएको मन्त्रालयले जनाएको छ ।
उता दार्चुलाको व्यास गाउँपालिका, स्याङ्जाको हरिनास गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन ।
यस अघि सिंहदरबार र काठमाडौं उपत्याकामै बस्ने र कहिले नछाड्ने ५ हजार बढी कर्मचारीहरुको सूची नै तयार पारेर ती कर्मचारीहरुलाई दुर्गममा पठाउने र दुर्गममा सेवा गरेका कर्मचारीहरुलाई सिंहदरबार ल्याउने भनिए पनि कर्मचारी ट्रेड युनियनका २० कर्मचारीलाई दुगर्ममा पठाएर सो यात्रा पूर्णविराम लागेको स्थिति छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

बिशेष