खण्डन तथा क्षमायाचना

कर्मचारी प्रेसमा प्रकाशित “मन्त्रीको सल्लाहकार नियुक्ति र राज्यकोषमा दोहन” शीर्षकको सामग्री सम्बन्धमा पूर्व उपमहालेखा परीक्षक महेश्वर काफ्लेले आफ्नो गम्भीर असहमति तथा आपत्ति जनाउनुभएको विषयप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

बिज्ञापन

उक्त सामग्री उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गर्नुभएको व्यक्तिगत धारणा तथा विश्लेषणका आधारमा तयार गरिएको थियो। तर, सम्बन्धित व्यक्तिको पूर्वअनुमति नलिई उक्त सामग्री समाचारका रूपमा साभार तथा प्रकाशन गरिएको विषय पत्रकारिताको व्यावसायिक मान्यता र नैतिक अभ्यासअनुकूल हुन नसकेको हामी स्वीकार गर्दछौँ।

बिज्ञापन

साथै, समाचारमा उहाँको तस्बिरसँगै प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर समेत प्रयोग गरिएको विषयले अनावश्यक भ्रम सिर्जना गरेको तथा सम्बन्धित व्यक्तिलाई असहज महसुस गराएकोप्रति हामी गम्भीर छौँ। यसबाट उहाँलाई पर्न गएको मानसिक, सामाजिक वा व्यावसायिक असरप्रति कर्मचारी प्रेस हार्दिक क्षमायाचना गर्दछ।

हामी स्पष्ट गर्न चाहन्छौँ कि उक्त सामग्रीमा व्यक्त विचारहरू पूर्ण रूपमा लेखक महेश्वर काफ्लेका व्यक्तिगत धारणा हुन्। ती विचारलाई समाचारका रूपमा प्रकाशन गर्नु अघि आवश्यक अनुमति तथा सम्पादकीय प्रक्रिया पूरा नगर्नु हाम्रो कमजोरी थियो। भविष्यमा सामाजिक सञ्जालमा प्रकाशित कुनै पनि व्यक्तिका विचार, टिप्पणी वा स्टाटसलाई समाचार सामग्रीका रूपमा प्रकाशन गर्नु अघि सम्बन्धित व्यक्तिको अनुमति लिने, तथ्य परीक्षण गर्ने तथा पत्रकारिताका स्थापित आचारसंहिता र व्यावसायिक मान्यतालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

बिज्ञापन

यस घटनाबाट सम्बन्धित व्यक्तिलाई पर्न गएको असुविधा र प्रति क्षमा माग्दै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

– सम्पादक
कर्मचारी प्रेस

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

बिशेष