सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ । विशेष अदालतमा म्याद थपको बहसका क्रममा विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो ।
बिज्ञापन
बहस जारी छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।
बिज्ञापन
पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























