इ- पासपोर्टमा भएको अनियमितता प्रकरणमा परराष्ट्र मन्त्रालयका दुई दर्जन बढी कर्मचारी भ्रष्टाचार मुद्दामा तानिने भएका छन् । विद्युतीय पासपोर्ट छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमितता प्रकरणमा परराष्ट्रका २० भन्दा धेरै कर्मचारी तानिने भएका छन् ।
बिज्ञापन
गत वर्ष भएको ई–पासपोर्ट टेण्डर अनियमितता अनुसन्धानमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई पक्राउ गरेसँगै यो प्रकरणमा परराष्ट्र मन्त्रालयकै दुई दर्जन बढी कर्मचारी अनुसन्धानमा तानिने भएका हुन । यो प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा जोडिन्छिन । उनकै समयमा मंसिर २०८१ मा पाँच वर्षका लागि ६४ हजार थान ई पासपोर्ट खरिद गर्न डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकालेको थियो । राहदानी विभागले दुई हिस्सामा गरी ६ अर्ब ११ करोड अनि एक अर्ब ५५ करोड रुपैयाँमा पासपोर्टको दुई प्याकेज ठेक्कामा लगाउन खोजेको थियो ।
यो ठेक्कामा नेपालमा पहिलेदेखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएको पाइएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमनको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अनि राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी गरेका थिए । सोही प्रकरणमा हाल राष्ट्रिय सभा सदस्य सुनिल थापाको छोरा सिद्धार्थ थापाको अलवा परराष्ट्रका अधिकारीहरु समेत अनुसन्धानको दायरामामा तानिएका हुन । अख्तियारले सोही प्रकरणमा महानिर्देशक अर्यालसहित यो प्रकरणमा हालसम्म महानिर्देशक तिर्थराज अर्यालका अलवा प्राविधिक उपसमितिका संयोजक रहेका निर्देशक सुनीलकुमार केसी,विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनिन्द्रकुमार मल्ललाई थुनामा राखेर अनुसन्धान गरिरहेको आयोगले ३० भन्दा बढी कर्मचारीसँग बयान कागज गरेकोमा २० जनासँग बयान लिइसकेको छ ।
बाँकी १० जनाको बयान कागज भएको र सोमबार,मंगलबारभित्रैमा बाँकी कर्मचारीको बयान लिएर मुद्धा लैजाने अख्तियारको तयारी छ । आयोगका अनुसार,पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वपरराष्ट्र सचिव तथा हाल बेल्जियमकी राजदूत सेवा लम्साल तथा हालका परराष्ट्रसचिव अमृत राईको पनि बयान कागज गरेको छ । आयोगका अनुसार २० भन्दा धेरैको बयान भइसकेको छ, ३० भन्दा धेरैको बयान कागज गरिएको र आज अर्थात भोलिसम्ममा मुद्दा दायरको गृहकार्य गरिरहेको अख्तियारले जनाएको छ ।




























